अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १८ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १८ साउन– गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । गुल्मीको रूरूक्षेत्र गाउँपालिका– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन ।

बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us