मणि थापा एमालेबाट ‘आउट’

काठमाण्डु टुडे २०८१ साउन १८ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, १८ साउन– एमाले नेता मणि थापा जिम्मेवारीबाट हटाइएका छन् । एमालेले उनलाई स्थायी कमिटीबाट हटाएको एमाले स्रोतले जानकारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको रिक्त पद पूर्ति पनि गरेको स्रोतले जनाएको छ ।

हिजो बैठकले नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।

त्यस्तै, लीलानाथ श्रेष्ठ स्थायी कमिटी सदस्य मनोनीत भएका छन् । हिजोको बैठकले स्थायी कमिटी सदस्य गुरु बराललाई पार्टीको उपाध्यक्ष मनोनीत गर्‍यो । उनी बढुवा भएपछि पद रिक्त भयो ।

रिक्त पदमा दुई नेता स्थायी कमिटीमा बढुवा भए । नेकपा विभाजन भएपछि माओवादीमा नफर्किएका थापा पार्टीमा केही समययता निष्क्रिय थिए ।

१४ महिनाअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारीबाट दिएको थियो । त्यतिबेला उनी बिदामा परेका थिए । आफ्नो कामका कारण विदामा बसेको प्रतिक्रिया दिएका थिए । अहिले भने उनलाई एमालेले बिदा गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us