एक राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुई राज्यमन्त्री बन्दै

काठमाण्डु टुडे २०८१ साउन १८ गते १३:२२ मा प्रकाशित

काठमाण्डु, १८ साउन– नागरिक उन्मुक्ति पार्टी एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी गरेको छ । नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ लिने स्रोतले जानकारी दिएको छ ।

नाउपाबाट अरुणकुमार चौधरी राज्यमन्त्री बन्न लागेका हुन् । यस्तै, कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाउने भएको स्रोतले जानकारी दिएको ।

स्रोतका अनुसार विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङ ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् । उनीहरू तीनैजनाको नाम राष्ट्रपति कार्यालय पुगिसकेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us