प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण

काठमाण्डु टुडे २०८१ साउन १८ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, १८ साउन– प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । प्युठानको गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिएका छन ।

जिल्ला अस्पताल प्युठानमा भएको परीक्षणमा ३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जैसीले जानकारी दिएका छन । प्युठानको गौमुखीका ८ जना व्यक्तिमा झाडापखाला देखिएको र त्यसमध्ये ३ जनालाई हैजाको संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन ।

हैजाको संक्रमण देखिएका ३ सहित ५ जनाको जिल्ला अस्पतालमा र अन्यको गौमुखीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us