काठमाण्डुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १८ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १८ साउन– काठमाण्डुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति काठमाण्डु महानगरपालिका–६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी चालक मुगु घर भएका २८ वर्षीय मन्दीप मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भईरहेको पनि प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us