एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत

काठमाण्डु टुडे २०८१ साउन १७ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, १७ साउन– नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराल मनोनीत भएका छन । आज बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन ।

त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको पनि उनले जानकारी दिएका छन । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेकामा हाल आएर पूर्ति गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us