कतारी राजाको नेपाल भ्रमणमा सरकारको साढे २ करोड खर्च

काठमाण्डु टुडे २०८१ साउन १७ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १७ साउन– कतारी राजा शेख तमिम बिन हमादको नेपाल भ्रमणमा सरकारको साढे दुई करोड खर्च भएको खुलेको छ । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका नामबाट भएको छुट्टाछुट्टै खर्च जोड्दा सो बराबर खर्च भएको पाइएको हो ।

कतारी राजाको नेपाल भ्रमणमा राष्ट्रपति कार्यालयका नाममा १ करोड २९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ अर्थ मन्त्राय स्रोतले जानकारी दिएको छ । राष्ट्रपति कार्यालयलाई सो रकम बराबरको थप बजेट रकमान्तर भएको देखिएको छ ।

परराष्ट्र मन्त्रालयले कतारी राजाको भ्रमणमा भएको खर्चका नाममा १ करोड १७ लाख ५१ हजार रुपैयाँ थप रकम रकमान्तर भएको पाइएको छ ।

यसरी दुई निकायका नामा २ करोड ४७ लाख १ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ११ वैशाख २०८१ मा कतारका राजा दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us