काठमाण्डु, २ भदौ– नक्कली पासपोर्ट र भिसा प्रयोग गरी तीन इराकी नागरिक नेपाल छिर्न सफल भएका छन् ।
नेपालबाट फ्रान्स जाने क्रममा भने उनीहरु समातिएका छन् । फ्रान्सको पासपोर्टमा नेपालको नक्कसी भिसा प्रयोग गरेर दुई साताअघि नेपाल छिरेका उनीहरुलाई गत साता विमानस्थल अध्यागमनले पक्राउ गरेको हो ।
उनीहरु कसरी नेपाल छिरे भन्नेबारे अझै खुलेको छैन । पक्राउ पर्नेमा इयोबनिस भर्जोस, एलफेथेरिस एन्ड्रियानाकिस र पानाजिओटिस स्पोनोस छन् । त्रिभुवन अन्तर्राष्ट्रिय मिवानस्थलबाटै आफूहरुको भिसा जारी भएको उनीहरुले देखाएका थिए ।
तर, उक्त भिसा नक्कली भएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख हिमनाथ दवाडीले बताए । उनीहरुले आफूहरु भारत हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाल आएको बताएका छन् ।
नयाँ पत्रिकाबाट