काठमाण्डु, १७ साउन– प्रहरीले पर्साबाट नागरिकता सम्बन्धीको दर्ता मुद्दामा बुधवार दिउँसो एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा ६ वर्ष अगाडि दर्ता भएको नागरिकता सम्बन्धीको मुद्दामा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
नागरिकतासम्बन्धी मुद्दामा वीरगन्ज महानगरपालिका–१३ मा बस्दै आएका निरञ्जन अग्रवाललाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
महानगरको आदर्शनगरबाट अग्रवाललाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले जानकारी दिएका छन । उनका अनुसार ०७६ साल चैत १४ गते अग्रवालमाथि नागरिकता सम्बन्धी मुद्दा दर्ता भएको थियो ।
त्यही मुद्दा अन्तर्गत खोजबिनका क्रममा अग्रवाल पक्राउ परेको पर्सा प्रहरी प्रमुख ढुङ्गेलले जानकारी दिएका छन । प्रहरीमा परेको जाहेरीमा अग्रवालको मूल निवास राजस्थान रहेको भनिएको छ ।
तर पर्साबाट गलत विवरणको आधारमा उनले ०६३ सालको फागुन १८ गते नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयको रेकर्डमा उल्लेख गरीएको छ ।
पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ । उनलाई नागरिकता सम्बन्धीको मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको ढुङ्गेलले जानकारी दिएका छन ।