काठमाण्डु, १७ साउन– पोखरामा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । विद्युत् सर्ट भएर उक्त उद्योगमा आगो लागलागी भएको प्रहरीले जनाएको छ ।
पोखरा ३ तेर्सापट्टी स्थित अनन्त कतिलाले सञ्चालन गरेको पश्चिमाञ्चल कपास उद्योग आगो लागेको प्रहरीले जानकारी दिएको छ । प्रहरी, आर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको छ ।
आगो लागेर करिब २२ लाख बराबरको क्षति भएको सञ्चालकले दाबी रहेको प्रहरीले जानकारी दिएको छ । उद्योगमा रहेका कपास, कपडा र मेसिन सहित घरमा क्षति भएको छ ।