बाघको आक्रमणबाट एकजनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १७ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, १७ साउन– कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिएका छन ।

खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरे उनलाई घिसार्दै लगेको प्रहरीको जानकारी दिएका छन । स्थानीयले खबर गर्ना साथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शव पोष्टमार्टमका लागि दोधाराचाँदीनस्थित अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us