नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला

काठमाण्डु टुडे २०८१ साउन १६ गते १६:०७ मा प्रकाशित

काठमाण्डु, १६ साउन– काठमाण्डुको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला परेको छ । काठमाण्डु महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

घटनाको प्रकृति हेर्दा ४–५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको एसपी अधिकारीले जानकारी दिएका छन । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us