काठमाण्डु, २ भदौ– पूर्वभारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन ।
उनलाई अण्डा उमाल्न पनि आउँदैन । सिंहबारे उनकै छोरी दमनले लेखेको पुस्तक ‘स्ट्रिक्ट्ली पर्सनलःमनमोहन एन्ड गुरुशरण’ ले मनमोहनका जीवनका यस्ता अनौठा लाग्ने विषय खोतलेको छ ।
मनमोहनबारे नयाँ तथ्य राखिएकाले यो पुस्तक अहिले भारतमा चर्चामा छ । पुस्तकमा मनामोहन सिंह आफ्ना साथीहरुसँग रमाइलो गर्ने पनि उल्लेख छ । उनी आफूनिकट मानिसहरुलाई नयाँ नाम पनि दिन्छन् ।
‘उहाँ निकनेम दिन रुचाउनुहन्थ्यो ’ पुस्तकमा लेखिएको छ,‘ उहाँले आफूनिकटका मानिसलाई त्यही निकनेममा बोलाउनुहुन्थ्यो । ‘पत्नी गुरुशरण कौरलाई पनि मनमोहनले नाम दिएका थिए, गुरुदेव ।
पुस्तकमा मनमोहन सिंहको साथीभाइसँग रमाइलो गर्ने र आफू बोल्न थालेपछि अरुलाई बोल्न नदिने बानीबारे उल्लेख छ । तर खुलेर नबोल्ने भएकाले भारतमा उनको नाम मौनमोहन सिंह राखिएको थियो ।
नयाँ पत्रिकाबाट