काठमाण्डु, १६ साउन– प्रहरीले श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको छ । काठमाण्डुबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले जानकारी दिएका छन ।
कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । मङ्गलवार काठमाण्डुबाट धनगढी जाने क्रममा उनले सुरुमा एयरहोस्टेज र विवाद बढेपछि विमानका अरू कर्मचारीलाई पनि दुर्व्यवहार गरेको आरोप रहेको छ ।