
काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ । आज शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको छ । अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५ प्रतिशत रकम चालुपुँजी कर्जा पाउँछन् ।
यसभन्दा बढी चालुपुँजी कर्जा लिएको भए सीमाभित्र ल्याउने अवधि ०८२ असार मसान्तसम्म तोकिएको छ । अब व्यवसायीहरूले चालु पुँजी कर्जा मार्गदर्शनमा उल्लेखित ‘भेरियन्स एनालाइसिस’ गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागू हुने गरी समयावधि थप गरिने’ मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले २०७९ कात्तिकदेखि चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शनको व्यवस्था गरेको थियो । मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने उल्लेख गरिएको छ ।