काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि निजी क्षेत्रमा जाने कर्जा प्रवाह १२ प्रतिशत बढाउने लक्ष्य राखेको छ । आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगत दर घटाउँदै राष्ट्र बैंकले निजी क्षेत्रतर्फ कर्जा विस्तार १२ प्रतिशत कायम गरेको हो ।
त्यस्तै मुद्रास्फिति ५।५ प्रतिशतमा कायम गर्ने लक्ष्य लिइएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन । त्यस्तै, आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति निक्षेप संकलन दर ३ प्रतिशतमा यथावत राखिएको छ भने विस्तृत मुद्राप्रदाय १२ प्रतिशत हासिल हुने लक्ष्य लिइएको पनि उनले बताएका छन ।
सिआरआर तथा एसएलआरलाई यथावत राखिएको ५ । राष्ट्रबैंकले गत आवको तुलनामा लचक हुँदै यी नीतिहरु लिएको छ ।