
काठमाण्डु – मनिषा कोइराला बलिउडमा ‘कमब्याक’ हुने भएकी छिन् । निर्देशक शशीलाल नायरले बनाउने चलचित्रमा ‘मीना कुमारी’को भूमिकामा देखिने भएकी हुन् ।
कोइराला निकटका अनुसार निर्देशक शशीलालले उनलाई मीनाकुमारी पात्रको भूमिका निभाउन अफर गरेको बताएका छन् ।
कोइराला सो भूमिका आउन तयार रहेको सुत्रले जनाएको छ । उनीसँगै जैकी श्राफ देखिने निर्देशकले बताए ।
याद रहोस् , कोइराला र शशीलालको ९० दशकमा पानी बाराबार भएको थियो । शशीलाल निर्देशित ‘एक छोटी सी लव स्टोरी’मा देखाईको हट सिनको विषयलाई लिएर अदालतमा मुद्धा दायर सम्म भएको थियो ।
त्यसपश्चात्त यी दुबैले कहिल्यै सँगै काम गरेनन् ।