नेपालीले एक वर्षमा खाए २८ अर्बभन्दा बढीको विदेशी तरकारी

काठमाण्डु टुडे २०८१ साउन ७ गते १७:२२ मा प्रकाशित

काठमाण्डु, ७ साउन– नेपाली आर्थीक बर्ष ०८१ ८२ मा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी आयत गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो ।

एक वर्षमा ५ लाख ४५ हजार मेट्रिक टन तरकारी नेपालमा आयात गरेको विभागको तथ्यांकमा उल्लेख गरीएको छ । यस्तै नेपालबाट पनि केही मात्रमा तरकारी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालबाट ८२ करोड रुपैयाँको तरकारी निर्यात भएको विभागले जनाएको छ । तरकारीबाट सरकारले एक वर्षमा करिब २७ अर्ब ४८ करोड रुपैयाँको घाटा बेहोरेको छ ।

यस्तै सरकारले एक वर्षमा ४ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारतबाट १४ अर्ब ६ करोड र चीनबाट २ अर्ब ३६ करोड रुपैयाँ बारबारको करिब चार लाख मेट्रिक टन तरकारी आयात भएको छ ।

यस्तै अन्य मुलुकबाट १ लाख मेट्रिक टनभन्दा बढीको तरकारी आयात भएको विभागको तथ्यांकमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us