कोहीनुर हेर्न दर्शक ओइरिएको सुन्दा रोइन श्वेता

काठमाण्डु टुडे २०७१ भदौ १ गते २:१५ मा प्रकाशित

काठमाण्डु, १ भदौ– कोहिनुर’ चलचित्रकी नायिका तथा श्रीकृष्णकी पत्नी श्वेता खड्का चलचित्र हेर्न दर्शक ओइरिएको खबरले भावुक बनेकी छन् ।

sweta-khadka
म्हेपीस्थित श्रीकृष्णको घरमा शोकमा बसिरहेकी श्वेतालाई शुक्रबार निर्देशक आकाश अधिकारीले भेटेका थिए ।
निर्देशक अधिकारीले कोहिनुर हेर्न दर्शक ओइरिएको विषयमा श्वेतालाई जानकारी दिएका थिए ।

‘मैले दर्शक ओइरिएको जानकारी दिएपछि उहाँ झन भावुक भएर रुनुभयो । केही बोल्न सक्नुभएन’अधिकारीले भने । कोहिनुरमा श्वेताले गरेको अभिनयको निकै नै तारिफ भइरहेको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us