कोहीनुरले कमायो एकै दिनमा एक करोड

काठमाण्डु टुडे २०७१ भदौ १ गते १:४३ मा प्रकाशित

काठमाण्डु, १ भदौ– चलचित्र ‘कोहिनुर’ले एकैदिन करोड रुपैयाँ कमार्इ गरेर नेपाली रजतपटमा कीर्तिमान बनाएको छ ।
kohinoorश्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य अभिनय रहेको श्रीकृष्णद्वारा नै निर्मित ‘कोहीनुर’ ले शनिबार मात्रै एक करोड रुपैयाँको व्यापार गरेको हो ।

अघिल्लो शुक्रबार रिलिज भएको आकाश अधिकारी निर्देशित यो फिल्मको कमाई तीन करोड पुगिसकेको छ ।
यसअघि फिल्म ‘नाइ नभन्नु ल २’ ले नयाँ वर्षको दिन राखेको ३२ लाख रुपैयाँको सिंगल डे कलेक्सन को रेकर्डलाई कोहिनुरले अत्याधिक अन्तरमा तोडेको हो ।

‘कोहिनुरको शनिबारको व्यापार अप्रत्यासित नै भो’, फिल्मका काठमाण्डु उपत्यका वितरक सुनिल मानन्धरले भने ,‘उपत्यकामा मात्र एकै दिन ५७ लाखको टिकट बिक्री गरेर अर्को रेकर्ड पनि थपिएको छ । ’नायक तथा निर्माता श्रीकृष्णको मृत्युले पनि व्यापार प्रभावित भएको हो ।

साउन २३ मा रिजिल कोहिनुरले भोलिपल्ट अघिल्लो शनिबार २४ लाखको मात्रै व्यापार गरेको थियो । रिलिजको दिन काठमाण्डु उपत्यकामा साढे तीन लाख रुपैयाँ उठाएको थियो ।
‘अचम्मै भयो’काठमाण्डुबाहिर वितरणको अधिकार लिएको एफडी कम्पनीका प्रदिप उदयले कोहिनुर को शनिबारको व्यापारलाई लिएर भने ,‘दर्शकले फिल्म राम्रो भनेका त छन् नै,त्यो भन्दा पनि नायक श्रीकृष्ण श्रेष्ठको निधनको सेन्टिमेन्टले ठूलो प्रभाव परेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us