विपाशाले हिरोलाई किस गरेपछि हलिउडमा तहल्का

काठमाण्डु टुडे २०७१ साउन ३१ गते १४:१५ मा प्रकाशित

काठमाण्डु, ३१ साउन– चर्चित भारतीय अभिनेत्री विपाशा बसुले एक चलचित्रमा चुम्बनको दृश्य दिएपछि हलिउडमा तहल्का मच्चिएको छ ।

bipasa 2
‘द लभर्स’ नामको चलचित्रमा मराठी राजकुमारीको भूमिकामा देखिएकी बिपाशाले अभिनेता जोश हर्टनेटसँग चुम्बनको दृष्य दिएकी हुन् । उनले चुम्बनको दृश्य दिएको विषयमा आफ्नो नकारात्मक टिप्पणी भएकामा आक्रोश पोखेकी छन् ।

चलचित्रमा चुम्बनको दृश्य दिनु सामान्य भएको दाबी उनको छ ।  चलचित्रमा किन चुम्बनको दृश्य दिएको भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भनेकी छन्, ‘‘कुन हिरोइनले फिल्ममा चुम्बन गरेको छैन र मलाई यो प्रश्न ? मराठी राजकुमारीको भूमिका देखिएकी विपाशाले बेलायती सैनिकसँग प्रेम गरेकी छन् ।

चलचित्रको कथावस्तु १८ औंं शताब्दी अर्थात बृटिश उपनिवेश गरेको बेलाको छ ।
दर्जनौं चलचित्रमा अभियन गरेकी विपाशा पछिल्लो समय निस्क्रिय रहेकी थिइन् । द लभर्सको प्रंदर्शनपछि पूरानै काममा सक्रिय हुने उनको योजना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us