प्रधानमन्त्रीको पक्षमा मतदान गर्न रास्वपाको ह्वीप

काठमाण्डु टुडे २०८१ असार २८ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २८ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न पार्टीका सांसदलाई ह्वीप जारी गरिएको जानकारी दिए ।

‘प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ’, परियारले भने, ‘हामीले ह्वीप लगाएका छौं ।’ परियारका अनुसार बैठकमा पार्टीका मन्त्रीहरुको कामबारे समेत समीक्षा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us