चितवनको सिमलतालमा दुई बस पहिरोमा पुरिए, ६५ मध्ये ६२ यात्रु बेपत्ता

काठमाण्डु टुडे २०८१ असार २८ गते ६:४२ मा प्रकाशित

काठमाण्डू, २८ असार- नारायणगढ- मुग्लिन सडक खण्डअन्तर्गत चितवनको भरतपुर महानगरपालिका- २९ सिमलतालमा शुक्रबार बिहान दुइवटा यात्रुबस पहिरोमा पुरिएका छन्  । वीरगञ्जबाट काठमाण्डू आउँदै गरेको  बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्सको बस र काठमाण्डूबाट रौतहटको गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्सको बसलाई बिहान साढे तीन बजेतिर पहिरोले पुरेको चितवन  प्रहरीले जनाएको छ । पुरिएका बसमध्ये एउटाको पछाडिको केही भाग मात्र देखिएको र अर्कोको केही नदेखिएको जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । गणपति डिलक्सको बसबाट  हाम फालेर ज्यान बचाएका तीन यात्रु सम्पर्कमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । एन्जल यातायातमा २४ जना र  गणपति डिलक्समा ४१ यात्रु सवार थिए  । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ७५ जनाको टोलीसहित प्रजिअ यादव घटनास्थलतर्फ गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us