काठमाण्डु, २७ असार– चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान ५ बजेको समयमा सडकमाथिबाट लेदोसहित खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको जानकारी दिए ।
प्रहरी र स्काभेटरको सहायतामा सडक एकतर्फी खुलाइएको हो । सडक अवरुद्ध भएपछि पोखरा र चितवनबाट आएका र त्यसतर्फ जान लागेका सवारी साधनको लामो लाइन लागेको थियो ।