काठमाण्डु, २६ असार– काठमाण्डुको सुन्धाराबाट ३८ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले भरतपुर महानगरपालिका–१५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठलाई श्रोत नखुलेको ३८ लाखसहित बुधबार पक्राउ गरिएको बताए ।
उनका अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटाइएको थियो ।
उनको साथबाट ५ सय दरका ६ हजार थान र एक हजार दरका ८ सय थान नोट बरामद भएको प्रहरीले जनाएको छ । श्रेष्ठको साथबाट प्रहरीले स्कुटर र मोबाइल फोन पनि बरामद गरेको छ ।