सडेको अवस्थामा शव फेला

काठमाण्डु टुडे २०८१ असार २६ गते १५:५३ मा प्रकाशित

अछाम, २६ असार– अछामको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदी किनारमा बेवारिसे शव फेला परेको छ ।

प्रहरीका अनुसार मंगलबार भेटिएको शवको पहिचान खुलेको छैन ।

शव सडेका कारण मृतक पुरुष वा महिला भन्नेसमेत खुल्न नसकेको अछाम प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us