बाँके, २६ असार– चट्याङ लागेर खेतमा धान रोपिरहेका दुई महिलाको ज्यान गएको छ ।
राप्ती सोनारी गाउँपाकिला–२ स्थित खेतमा धान रोपी रहेका बेला वर्षासँगै चट्याङ पर्दा ३२ वर्षीया सम्झना विक र निमा उपाध्यायको मृत्यु भएको हो ।
बाँके प्रहरीका डिएसपी नारायण डाँगीका अनुसार चट्याङ लागेर अचेत भएका उनीहरुलाई कोहलपुर मेडिकल कलेज लगिएको थियो । चिकत्सकले दुवैलाई तत्काल मृत घोषणा गरेको डाँगीले बताए ।