प्रचण्डलाई चित्रबहादुरले भने: पुस १० मा बालकोट पुगेदेखि तपाईंको दशा सुरू भएको हो

काठमाण्डु टुडे २०८१ असार २५ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, २५ असार– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल नबुझेका कारणले अहिले सत्ता गुमेको दाबी गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन । उनले बुढानीलकण्ठबाट बालकोट पुग्नुको परिणाम अब भोग्नुको विकल्प नभएको पनि बताएका छन ।

उनले भने, ‘ अहिले प्रधानमन्त्रीले खेल बुझ्नुभएन । पुस १० गते तपाईं जहाँ पुग्नुभएको थियो, त्यही दिनदेखि दशा सुरु भएको थियो । तपाईंले बुझ्नुभएन । तपाईं कति पटक बालकोट र बुढानीलकण्ठ पुग्नुभयो ।

यसरी चल्छ राजनीति रु पछिल्लो पटक तपाईंलाई पाँच वर्षको लागि सत्ता र शक्तिमा राख्न संसदभित्रको दोस्रो पार्टी मिसिएको थिएन ।’

उनले थपे, ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ भने जस्तो तपाईंले बल्ल भोग्नुभयो । तपाईंहरुको मन्त्रिमण्डल गठन गर्दा नै ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन लिएन, म राजनीति नजान्ने मान्छेले पनि अड्कल गरेको थिएँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us