काठमाण्डु, २५ असार– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद रोशन कार्कीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद् बैठकमा समेत नआएको भन्दै खोजी गरेकी हुन् ।
उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद् बैठकमा जानकारी गराउन माग समेत गरेकी छन । यस्तै आजको बैठकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण प्रधानमन्त्रीको कुर्सी मोह भएको दाबी गरेका छन ।
उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएका पनि बताएका छन ।