काठमाण्डु, २५ असार– नेसपाका सांसद महिन्द्रराय यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने दाबी गरेका छन । आज मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन ।
उनले यही असार २८ गते विश्वासको मत लिने र प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेकोले विश्वासको मत नपाएमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने उल्लेख गर्दै २८ गतेसम्मका लागि प्रतीक्षा गर्न आग्रह गरेका छन ।
उनले संविधान संशोधन जटिल विषय रहेको बताउँदै सांसद यादवले कांग्रेस र एमाले मिलेर थ्रेस होल्ड हटाउने र २ दलीय सिष्टम हुनेगरी संविधान संशोधन गरे देश कहाँ पुग्छ भन्दै प्रश्न गरेका छन । संविधान संशोधन गर्न सर्वदलीय बैठकमा सहमति हुनुपर्ने पनि बताएका छन ।
तराई मधेसका जिल्लाहरूमा आएको बाढीले ठुलो क्षति भएको, ती ठाउँमा राहत र उद्धारको काममा ढिलाइ भएको बताए । उनले चुरेको संरक्षण नहुँदा हरेक वर्ष ४ हेक्टर जमिन मरुभूमीकरण हुँदै गएको पनि बताएका छन ।