रविको क्लबबाट निष्कासित भएँ: मुकुल ढकाल

काठमाण्डु टुडे २०८१ असार २५ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, २५ असार– भर्खरै रास्वपाको महामन्त्रीबाट निष्कासित भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको दाबी गरेका छन ।

उनले पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन । उनले भने, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ।’ ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

ढकालले रास्वपामै रहने संकेत गरेका छन् । उनले भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us