रास्वपाको केन्द्रीय कमिटीको बैठक

काठमाण्डु टुडे २०८१ असार २५ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २५ असार– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज मंगलबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने एक नेताले जानकारी दिएका छन ।

बैठकमा निलम्बित महामन्त्री डा। मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।

पार्टीको अनुशासन आयोगले डा.ढकालमाथिको अनुशासनात्मक कारबाहीको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको पनि उनले जानकारी दिएका छन ।

त्यसबारे आइतबार बसेको सचिवालय बैठकमा प्रारम्भिक छलफल भएको उनले बताए । समीक्षा यात्राको प्रतिवेदन मिडियामा चुहाएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो। त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दर्ता गराएको बताएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us