रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते

काठमाण्डु टुडे २०८१ असार २५ गते ११:४० मा प्रकाशित

काठमाण्डु, २५ असार– आज मंगलबार बिहान रुपन्देही तिलोत्तमा बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए ।

प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us