एमाले सचिवालय बैठक बस्दै

काठमाण्डु टुडे २०८१ असार २५ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, २५ असार– एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेका एक नेताले जानकारी दिएका छन ।

आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुने ति नेताले जानकारी दिए ।

कांग्रेस र एमालेबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ । सो विषयमा पनि बैठकमा छलफल हुने पनि ति नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us