लमजुङ, २५ असार– अबिरल वर्षासँगै पहिरो जाँदा डुम्रे–बेसीसहर सडक अवरूद्ध भएको छ ।
बेँसीसहर नगरपालिका–१ दलालमा मंगलबार बिहान पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । उक्त स्थानमा यसअघि पनि पटकपटक पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ ।
सडक अवरुद्ध भएपछि लमजुङ र मनाङबाट काठमाडुसहित पोखरा र चितवन जाने यात्रु अलपत्र परेका छन् ।
्