काठमाण्डु, २४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले काँग्रेस र एमालेलाई पूर्वराजा ज्ञानेन्द्र शाह र खिलराज रेग्मीलाई जसरी संसद र सरकार नबुझाउन चेतावनी दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा सोमबार उनले २०५९ सालमा ज्ञानेन्द्र र २०६९ सालमा रेग्मीलाई दल र नेताको असफलताले सरकार बुझाइएको स्मरण गरे ।
‘२०५९ मा ज्ञानेन्द्रलाई बुझाउनुभयो संविधान सदन र सरकार त्यसरी नबुझाइदिनुस् । २०६९ मा चैत्र १ गते खिलराज रेग्मीलाई आफ्नो अकर्मण्यताको प्रमाणसहित जुन बुझाएर जानुभयो । पार लगाइदिनुस् भनेर ।
कृपया यो सहकर्मले फेरि एकपटक त्यस्तो नगरिदिनुहोला’, उनले भने । उनले दुई दलले नसके रास्वपा नेतृत्वका लागि तयार रहेको बताए ।