बाढी पहिरोमा परेर हालसम्म ७० जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २४ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, २४ असार– अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायत विपदमा परी हालसम्म ७० जनाको मृत्यु भएको छ ।

जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिएका छन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । उक्त अवधिमा बाढी पहिरोका नौ सय ६६ घटना घटेको पनि प्रहरीले जनाएको छ ।

त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढी पहिरोमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us