काठमाण्डु, २४ असार– रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च सुरु गरीएको दाबी गरेका छन ।
उनले भने, ‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा हेरेका छन् ।’
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बताएका हुन । रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले पनि बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने खेल सुरु भएको दाबी गरेका थिए ।