काठमाण्डु, २४ असार– एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोले हुन्छ भन्दै सरकारलाई चुनौती दिएका हुन ।
कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको र सकार परिर्वतन भएको दाबी गरेका छन ।
आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि बेचन झाको पक्राउले ठूला नेताहरुमा बेचैनी आएको बताएका थिए ।
एमाले प्रमुख सचेतक बर्तौलाले भने अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेको भन्दै ककसको फाइल खोल्नुपर्ने हो खोल्न चुनौती दिएका छन ।
उनले भने, ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् ।’ प्रमुख सचेतक बर्तौलाले भने, ‘धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन रु भोलि नयाँ सरकार बनेपछि यो सूचना दिनुपर्छ ।’