एमालेले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाण्डु टुडे २०८१ असार २४ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २४ असार– एमालेका सांसद अच्युतप्रसाद मैनालीले (राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले गृहमन्त्री लामिछानको राजीनामा माग गरेका हुन् ।

आज सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मैनालीले यस्तो माग गरेका हुन । उनले पछिल्लो एक महिनामा प्राकृतिक प्रकोपमा परी ६७ जना मानिसको मृत्यु भएको बताए ।

कैयौं घाइते भएको भन्दै मैनालीले निःशुल्क स्वास्थ्य उपचारको माग समेत गरेका छन । तमाम समस्याका बाबजुत सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्दै उनले थपे, ‘यो सबै घटनाको तत्काल जवाफ दिन माग गर्छु ।

होइन भने नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्ने सुझाव दिन चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us