बाघको आक्रमणबाट तीन महिला घाइते

काठमाण्डु टुडे २०८१ असार २४ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, २४ असार– दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन । बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन । केसीको दुवै हातमा सामान्य चोट लागेको छ ।

त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको पनि उनले जानकारी दिएका छन । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us