कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

काठमाण्डु टुडे २०८१ असार २४ गते १०:५४ मा प्रकाशित

?????????????????????????????????????????????????????????

काठमाण्डु, २३ असार– कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले ।

भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us