सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाण्डु टुडे २०८१ असार २३ गते १६:२० मा प्रकाशित

काठमाण्डु, २३ असार– प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरीएको छ । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी गराएका हुन ।

आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

आइतबार बसेको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us