प्रचण्ड सरकार ढल्छ, तर विश्वासको मत दिन्छौँ: एकीकृत समाजवादी

काठमाण्डु टुडे २०८१ असार २३ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, २३ असार– माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वास मत दिने भएको छ ।

आज (आइतबार) बसेको एकीकृत केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन । उनले भने, ‘सुन्दैछौं सरकारले असार २८ गते सरकारले विश्वास मत लिन्छ ।

स्वाभाविक गतिलाई हेर्दा सरकारले विश्वास मत प्राप्त गर्दैन । सरकार ढल्छ, तर हामी सरकारलाई विश्वास मत दिन्छौं ।’ २८ असार २८ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us