सभामुखले संसद्लाई गराए २८ असारमा प्रधानमन्त्रीले विश्वासको लिने जानकारी

काठमाण्डु टुडे २०८१ असार २३ गते १५:१५ मा प्रकाशित

काठमाण्डु, २३ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन ।

आज (आइतबार) बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १ सयको उपधारा २ बमोजिम २०८१ साल असार २८ गते शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी प्राप्त भएकोले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ को उपनियमको ३ बमोजिम उल्लेखित दिन र समयको बैठक तोकेको ब्यहोरा माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us