काठमाण्डु, २३ असार– तनहुँमा पहिरोले पुरिएका तीन जनाको शवकै शव फेला परेको छ । शनिबार दिउँसो शुक्लागण्डकी नगरपालिका ७ काउरेमा पहिरोले घर पुरिँदा उनीहरू पनि पहिरोमा परेका थिए ।
मृत्यु हुनेमा घरधनी हिरा नेपाली सहित छिमेकीहरू अनिषा बास्तोला र श्याम भण्डारी रहेका छन । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा उनीहरू पहिरोमा पुरिएका हुन् ।
पहिरोमा ४ जना घाइते भएका छन् । सबैको जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।