एमाले संसदीय दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ असार २३ गते ११:१० मा प्रकाशित

काठमाण्डु, २३ असार– एमाले संसदीय दलको बैठक सुरु भएको छ । एमालेको संसदीय दलको बैठक संसद् भवन बानेश्वरमा जारी छ ।

बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

प्रतिनिधिसभा बैठक पनि आज बस्दै छ । सो बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि बैठकमा छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us