काठमाण्डु, २३ असार– दाङमा राप्ती नदीको बाढीमा परेर बेपत्ता भएका युवाको शव फेला परेको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादव शनिबार दूध बिक्री गरी घर फर्कने क्रममा बिहान करिब साढे ९ बजे लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट बाढीमा बगेर बेपत्ता भएका थिए ।
बेपत्ता यादवको शव आइतबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिएका छन ।