काठमाण्डु, २२ असार– शुक्रबारदेखि लगाता परेको अविरल बर्षाको कारण काठमाण्डु उपत्यकाका विभिन्न नदिहरुमा पनिको सतह बढेको छ ।
उपत्यकामा अविरल वर्षासँगै बागमतीमा पानीको सतह बढेको छ । शुक्रबार रातिदेखि लगातार पानी पर्दा बागमती नदीको जल सतह बढेको हो।
टेकुदेखि युएन पार्कसम्मका बागमती नदी किनाराका संरचनाहरू डुबानमा परेका छन । जल सतह बढ्दा युएन पार्कभित्र पनि बाढी पसेको छ भने करिडोरका पार्क, शौचालय, प्रतिक्षालय पनि डुबानमा परेको छ ।
थापाथली आसपास रहेका सुकुम्बासी बस्तीमा पनि बाढीको जोखिम बढेको छ। बल्खुमा तरकारी बजार पनि डुबानमा परेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमतीले ललितपुरको खोकनामा खतराको तह पार गरेको छ। साढे २ बजे खोकनामा बागमती नदीको सतह ४.१९ मिटर छ । यसको खतराको तह ४ मिटर हो।