दोलखामा बाढीले तीन घर बगायो, एक जना बेपत्ता

काठमाण्डु टुडे २०८१ असार २२ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, २२ असार– अविरल बर्षाको कारण आएको बाढीले दोलखामा तीन वटा घर बगाएको छ भने एक जना बेपत्ता भएका छन ।

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले जानकारी दिएका छन ।

बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष शेर्पाले जानकारी दिएका छन । छ्योतछयोत सिमिगाउँकी जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशङ्कर–९ डोडाङमा होटल व्यवसाय गर्दै आएकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us